शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मञ्जुश्री फाइनान्सको खुद नाफा १५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ७ २०८२
मञ्जुश्री फाइनान्सको खुद नाफा १५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति?

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको ११ करोड ७० लाख रुपैयाँको तुलनामा १५.६३ प्रतिशतले बढी हो।

काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार फाइनान्सको खुद नाफामा सुधार देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको ११ करोड ७० लाख रुपैयाँको तुलनामा १५.६३ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानीमा १३.८७ प्रतिशतको वृद्धि र गैर-सञ्चालन आम्दानीमा भएको सुधारले नाफा बढाउन मुख्य भूमिका खेलेको छ।

यद्यपि, समीक्षा अवधिमा सञ्चालन मुनाफा भने ११.५४ प्रतिशतले घटेको देखिन्छ। फाइनान्सको कुल सञ्चालन आम्दानीमा १२.६४ प्रतिशतको वृद्धि हुँदा खुद फि तथा कमिशन आम्दानीमा भने २.०३ प्रतिशतको सामान्य गिरावट आएको छ।

वित्तीय सूचक र पुँजी संरचना नाफामा भएको वृद्धिसँगै फाइनान्सको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ७१ पैसाले बढेर २० रुपैयाँ ३ पैसा पुगेको छ। पुस मसान्तसम्मको विवरण अनुसार फाइनान्सको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा र मूल्य आम्दानी अनुपात ३९.८९ गुणा रहेको छ। फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने  प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा कायम भएको छ।

निक्षेप तथा कर्जाको अवस्था १ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चित छ। 


प्रकाशित : बुधबार, माघ ७ २०८२१०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend