सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

प्रतिनिधिसभा निर्वाचन : ३४८४ उम्मेदवार मैदानमा, आज उजुरी दर्ताको कार्यतालिका

बुधबार, माघ ७ २०८२
प्रतिनिधिसभा निर्वाचन : ३४८४ उम्मेदवार मैदानमा, आज उजुरी दर्ताको कार्यतालिका

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरबाट कूल ३४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरबाट कूल ३४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार सम्पन्न उम्मेदवारी दर्तासँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा तीव्र बनेको छ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने दिन तोकिएको छ।

निर्वाचन आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका ५३८ जना उम्मेदवार रहेका छन्। यसमध्ये २९४ जना स्वतन्त्र उम्मेदवार हुन्। यस्तै, ६६ वर्षभन्दा माथिका उम्मेदवारको संख्या २०१ पुगेको छ, जसमा ९४ जना स्वतन्त्र उम्मेदवार रहेको आयोगले जनाएको छ।

दलगत रूपमा हेर्दा नेकपा एमाले र नेपाली कांग्रेसले सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६४-१६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। नेकपाले बाग्लुङ-१ मा राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ भने रास्वपाको मनाङमा उम्मेदवारी परेको छैन।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको निर्वाचन आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगले उजुरी परीक्षण, उम्मेदवारको नामावली प्रकाशन र अन्तिम सूची सार्वजनिक गर्ने कार्यतालिका अनुसार प्रक्रिया अघि बढाइने जनाएको छ।


प्रकाशित : बुधबार, माघ ७ २०८२०७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend