सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो साढे चार बजेसम्म २ हजार १७ जनाको उम्मेदवारी दर्ता

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ६ २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो साढे चार बजेसम्म २ हजार १७ जनाको उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा दिउँसो ०४ः३० बजेसम्म २ हजार १७ उम्मेद्वारले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा दिउँसो ४:३० बजेसम्म २ हजार १७ उम्मेद्वारले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

उम्मेदवारी दर्ताका लागि अहिले पनि कागजात बोकेकाहरू लमबद्ध रहेको जनाइएको छ। अहिलेसम्म सामान्यतया शान्तिपूर्ण रूपमै उम्मेदवारी दर्ताका काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयहरूबाट जानकारी आएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए।

देशभरका १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा अहिले उम्मेदवारी दर्ताको कार्यक्रम चलिरहेको पनि उनले बताए। आज बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।

उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयत्र पत्रसहित १३ प्रकारका कागजात साथमा लिएर आउन आयोगले यसअघि नै आह्वान गरिसकेको छ। आज बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम रहेको पनि उनले बताए। 

यही माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ। माघ ७ गते दिउँसो ३ देखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने छ। माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

यही माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ।


प्रकाशित : मंगलबार, माघ ६ २०८२१७:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend