सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

तराईमा हुस्सु/कुहिरो, पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ६ २०८२
तराईमा हुस्सु/कुहिरो, पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने
फाइल तस्बिर

आज राति तराई भागका केही स्थानमा हुस्सु रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहने छ।

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार अनुसार आज दिउँसो तराई भागका केही स्थानमा हुस्सु/कुहिरो रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहने छ।

त्यसैगरी आज राति तराई भागका केही स्थानमा हुस्सु रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहने छ।


प्रकाशित : मंगलबार, माघ ६ २०८२१०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend