सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ ५ २०८२
खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

'उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, ईमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाभएको छु,' उनले भने, 'आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु।'

काठमाडौं- युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका हुन्।

'उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, ईमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाभएको छु,' उनले भने, 'आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु।'

जेनजी आन्दोलनपछि गठन भएको सरकारमा उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका थिए। वर्तमान सरकारमा उनी जेनजी पुस्ताको प्रतिनिधित्व गरिरहेका थिए। रासस

प्रकाशित : सोमबार, माघ ५ २०८२११:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend