सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

८९ लाख १७ हजार मतपत्र छपाइ सम्पन्न, २४ घण्टामा १३ लाख १४ हजार वटा छापियो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ ५ २०८२
८९ लाख १७ हजार मतपत्र छपाइ सम्पन्न, २४ घण्टामा १३ लाख १४ हजार वटा छापियो

आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छपाइ हुन बाँकी छ।

काठमाडौं- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक तर्फको कुल ८९ लाख १७ हजार थान मतपत्र छपाइ भइसकेको छ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाइ भएको थियो।

आयोगले कुल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गर्ने लक्ष्य राखेको छ। कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ।

आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छपाइ हुन बाँकी छ।

यस्तै हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ। अब १४ हजार ४२० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ।

केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ।


प्रकाशित : सोमबार, माघ ५ २०८२१०:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend