सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ४ २०८२
प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ।

काठमाडौं- आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, परराष्ट्रमन्त्री बालानन्द शर्मा, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका पदाधिकारी सहभागी थिए। 

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्नुपर्ने कार्यतालिका छ। 


प्रकाशित : आइतबार, माघ ४ २०८२१७:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend