शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ८ अर्ब ४० करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ४ २०८२
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ८ अर्ब ४० करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५ सय ७९ कित्ता सेयर खरिद–बिक्री हुँदा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७ सय ७५रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं-साताको पहिलो काराेबार दिन आज आइतबार नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा ३ सय ३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५ सय ७९ कित्ता सेयर खरिद-बिक्री हुँदा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७ सय ७५रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स १ दशमलव ०३ प्रतिशत, फ्लोट इण्डेक्स १ दशमलव ३३ र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव १२ प्रतिशतले बढेको छ।

सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज र गोर्खाज फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। थ्री स्टार हाईड्रोपावरकाे सेयर यस दिन ८‍‍.७८ प्रतिशत घटेको छ। 

आजको कारोकारमा सबैभन्दा धेरै मन्जुश्री फाइनान्स्काे ५३ करोड १६ लाख भन्दा धेरै सेयर खरिद बिक्रि भएको छ। एसवाई प्यानल नेपालको ३७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।

१३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशत बढेको छ। त्यस्तै,विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

 


प्रकाशित : आइतबार, माघ ४ २०८२१५:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend