काठमाडाैं- नेपाल लाइफ क्यापिटल लिमिटेडले आज माघ ४ गतेदेखि आफ्नो पहिलो सामूहिक लगानी कोष योजना 'नेपाल लाइफ समृद्धि लगानी योजना' को इकाई निष्कासन तथा बिक्री खुला गरेको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रवर्द्धक रहेको यस १० वर्षे बन्दमुखी योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
यस योजना अन्तर्गत १० रुपैयाँ अंकित मूल्यका कुल १६ करोड इकाईमध्ये १ करोड ६० लाख इकाई प्रवर्द्धक र व्यवस्थापकका लागि सुरक्षित गरिएको छ भने बाँकी १३ करोड ६० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।
धितोपत्र बोर्डबाट पुस १३ गते अनुमति पाएको यस योजनामा छिटोमा माघ ८ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ।