शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा माघ २८ गते हुने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ४ २०८२
हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा माघ २८ गते हुने

कम्पनीको माघ २ गते सम्पन्न सञ्चालक समितिको बैठकले बुधबार बिहान १० बजेदेखि नक्सालस्थित भाटभटेनी नजिकै रहेको आम्रपाली ब्याङ्क्वेटमा साधारणसभा बस्ने निर्णय गरेको हो।

काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो उन्नाइसौं वार्षिक साधारणसभा माघ २८ गते काठमाडौंमा आयोजना गर्ने भएको छ। 

कम्पनीको माघ २ गते सम्पन्न सञ्चालक समितिको बैठकले बुधबार बिहान १० बजेदेखि नक्सालस्थित भाटभटेनी नजिकै रहेको आम्रपाली ब्याङ्क्वेटमा साधारणसभा बस्ने निर्णय गरेको हो।

यसअघि पुस २५ गते बसेको सञ्चालक समितिको बैठकबाट कम्पनीले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीहरूलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। सोही निर्णयलाई वार्षिक साधारणसभामा प्रस्तुत गरी औपचारिक अनुमोदन गरिनेछ।

सभामा सञ्चालक समितिले प्रस्तुत गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। साथै एनएफआरएस मापदण्डअनुसार तयार पारिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

त्यसैगरी नियमनकारी निकायबाट आवश्यक परेमा प्रस्तावित विषयहरूमा संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा समावेश गरिएको छ। साथै कम्पनीको दफा १०५ को उपदफा १ को ग बमोजिम गत आर्थिक वर्षमा भएको खर्च अनुमोदन गर्ने प्रस्तावमाथि पनि छलफल हुनेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ १५ गते एक दिनका लागि सेयर दाखिला खारेज अर्थात बुक क्लोज गर्ने निर्णय गरेको छ। यस आधारमा माघ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा नाम दर्ता भएका सेयरधनीहरू मात्र उक्त साधारणसभामा सहभागी हुन पाउनेछन्।


प्रकाशित : आइतबार, माघ ४ २०८२११:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend