शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ४ २०८२
सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो।

काठमाडौं- सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि जारी गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय आज माघ ४ गते अन्तिम दिन रहेको छ।

कम्पनीले पुस २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरेको थियो।

कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो।

सोलु हाइड्रोपावरले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत बराबरको सेयर निष्कासन गर्न अनुमति पाएको थियो। सोअनुसार कुल २ करोड कित्ता साधारण सेयरमध्ये १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई र १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वितरण भइसकेको छ।

 दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरूका लागि ३ लाख कित्ता सेयर सुरक्षित गरी बाँकी ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो। यसको कुल मूल्य ८२ करोड रुपैयाँ बराबर रहेको छ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा माघ ४ गते हुनेछ भने ढिलोमा माघ १४ गते हुनेछ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको देखाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड तथा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। 


प्रकाशित : आइतबार, माघ ४ २०८२१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend