सोमबार, असार १५ गते २०८३    
सोमबार, असार १५ २०८३

६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता

शनिबार, माघ ३ २०८२
६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता

मुलुकका विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

काठमाडौं- मुलुकका विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ४७५ वटा उद्योगमा ३९ अर्ब रुपैयाँ, चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३ सय ११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो।

चालु आर्थिक वर्षमा ७ वटा ठूला, ८ वटा मध्यम र ४ सय ६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको तथा गत पुसमा ३६ वटा साना उद्योगमा ५ अर्ब ९९ करोड ५० लाख रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ।

प्रत्यक्ष वैदेशिक लगानीको हालसम्मको कुल प्रतिबद्धता भने ७ हजार ७ सय १३ वटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँबराबर छ।

बितेको ६ महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २ सय ५७ वटा उद्योगका लागि १ अर्ब ७ करोड ८४ लाख ८६ हजार रुपैयाँ छ।

रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

पर्यटनमूलक क्षेत्रका १ सय ४५ उद्योगमा १० अर्ब ५४ करोड २० लाख ५० हजार रुपैयाँ, उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड २३ लाख रुपैयाँ, ऊर्जामूलक क्षेत्रको एउटा उद्योगमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ, खनिज क्षेत्रको एउटा उद्योगमा ४ करोड ५० लाख रुपैयाँ र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड ६० लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएको विवरणमा उल्लेख छ। रासस


प्रकाशित : शनिबार, माघ ३ २०८२१५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend