शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विजय लघुवित्तकाे एफपीओ माघ ६ गते बाँडफाँट हुने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २ २०८२
विजय लघुवित्तकाे एफपीओ माघ ६ गते बाँडफाँट हुने

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ माघ ६ गते मंगलबार बाँडफाँट गरिने जानकारी दिएको हो।

काठमाडाैं- विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आगामी मंगलबार बाँडफाँट गरिने भएको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ माघ ६ गते मंगलबार  बाँडफाँट गरिने जानकारी दिएको हो।

लघुवित्तले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०:३० कायम गर्न पुस २१ गतेदेखि एफपीओ निष्कासन गरेको थियो। जसमा २३ लाख ४५० जनाले आवेदन दिएका छन्।

नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पुँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४:३९:२५:६१ रहेको थियो। सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्कासन गरेको हो।

लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण सेयरहरु थप सार्वजनिक निष्काशन गरेको थियो। अब आवेदन दिएका मध्ये ४६ हजार ६८२ जनाले १०-१० कित्ताका दरलले सेयर पाउने हुनाले बाँकीको हात खाली हुने भएको छ।


प्रकाशित : शुक्रबार, माघ २ २०८२१२:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend