काठमाडौं- महिनाको अन्तिम कारोबार दिन आज बुधबार नेप्से परिसूचक १.५२ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय २० कम्पनीको १ करोड २५ लाख ४ हजार ९ सय ७० कित्ता सेयर खरिद-बिक्री हुँदा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार ९ सय ६ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज फ्लोट इण्डेक्स स्थिर रहेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ।
आज सुपर मादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशत, थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ बढेको छ। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनीको २६ करोड २४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
यूनियन हाइड्रोपावरको २३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५५ प्रतिशत बढेको हो। बाँकी ७ उपसमूहका परिसूचक भने सामान्य बढेको छ। बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।