काठमाडाैं- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
पुस ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।
जसमध्ये ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने कम्पनीले जनाएकाे छ।