शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

११ कम्पनीको साधारणसभा आज, के-के छन् मुख्य एजेन्डा?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २९ २०८२
११ कम्पनीको साधारणसभा आज, के-के छन् मुख्य एजेन्डा?

आज साधारणसभा आह्वान गर्ने कम्पनीहरूमा प्रभु महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफ गरी दुई जीवन बीमा कम्पनी तथा सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर र शिखर इन्स्योरेन्स गरी चार निर्जीवन बीमा कम्पनी रहेका छन्।

काठमाडाैं- आज पुस २९ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न क्षेत्रका ११ वटा कम्पनीहरूले एकैदिन आफ्नो वार्षिक साधारणसभा आयोजना गरेका छन।

आज साधारणसभा आह्वान गर्ने कम्पनीहरूमा प्रभु महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफ गरी दुई जीवन बीमा कम्पनी तथा सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर र शिखर इन्स्योरेन्स गरी चार निर्जीवन बीमा कम्पनी रहेका छन्। 

त्यस्तै लघुवित्त क्षेत्रबाट जीवन विकास, ग्लोबल आइएमई र छिमेक लघुवित्तले साधारणसभा डाकेका छन् भने जलविद्युत क्षेत्रका अपी पावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको पनि आजै सभा बस्दैछ।

यी कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेन्डासहित विभिन्न वार्षिक प्रतिवेदनहरूमाथि छलफल गर्न छुट्टाछुट्टै स्थान र समयमा सभा तय गरेका हुन्।

साधारणसभा र लाभांश प्रयोजनका लागि सबै कम्पनीहरूले यसअघि नै बूक क्लोज गरिसकेकाले बूक क्लोज हुनुभन्दा अघिल्लो कारोबार दिनसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

प्रकाशित : मंगलबार, पुस २९ २०८२११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend