काठमाडौं- साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक ५.५४ अंकले घटेर २६३५ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय ३३ कम्पनीको १ करोड २३ लाख ९ हजार ७ सय ४४ कित्ता सेयर खरिद-बिक्री हुँदा ६ अर्ब ४७ करोड ७२ लाख ७ हजार ८ सय १ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ३५ प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव १० र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव २६ प्रतिशतले घटेको छ।
आजको कारोबारमा एसवाई प्यानल नेपाल र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सर्किट लेबलमा कारोबार भएको छ। रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड ३ को इकाईमूल्य करिब ६ प्रतिशत बढेको छ भने सुपर मादी हाइड्रोपावरको सेयरमूल्य यस दिन ४.२५ प्रतिशत घटेको छ।
आजको कारोकारमा सबैभन्दा धेरै एसवाई प्यानल नेपालको ४२ करोड २२ लाख भन्दा धेरै सेयर खरिद बिक्रि भएको छ। राधी विद्युत कम्पनीको ३१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ।व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत घटेको छ।