काठमाडौं- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ।
गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो।
कम्पनीको सो बैठकले लाभांश वितरण नगर्ने र सोही बमोजिम वित्तीय विवरण स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय गरेको छ।