शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हिमालयन बैंककाे ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २८ २०८२
हिमालयन बैंककाे ७३ हजार  कित्ता संस्थापक सेयर बिक्रीमा

बैंकले पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो।

काठमाडौं-  हिमालयन बैंकले कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको हो।

सेयरधनी जीत कुमार श्रेष्ठको २० हजार ४८२.०८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २९७ कित्ता, घनमान बज्रचार्यको १९ हजार ४९२.१३ कित्ता, तुलसी राम नेपालको ७ हजार ४०९.५६ कित्ता, हरि प्रसाद प्रसाईंको ५ हजार २८८.८९ कित्ता र जयन्तकुमार अग्रवालको १०० कित्ता सेयर बिक्रीमा राखेको छ।

हाल बैंककै संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने गरि आवेदन खुला गरिएको छ। इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको कानून विभागमा निवदेन दिनु पर्नेछ। 


प्रकाशित : सोमबार, पुस २८ २०८२१०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend