काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिददर १ सय ४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ५७ पैसा तोकिएको छ।
यस्तै युरोपियन युरो १ को खरिददर १ सय ६७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ९३ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ९३ रुपैयाँ ९० पैसा, स्विस फ्र्यांक १ को खरिददर १ सय ८० रुपैयाँ २ पैसा र बिक्रीदर १ सय ८० रुपैयाँ ७७ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ९६ रुपैयाँ २२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर १ को खरिददर १ सय ३ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय ४ रुपैयाँ २३ पैसा, सिंगापुर डलर १ को खरिददर १ सय ११ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ ३७ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १७ पैसा, चिनियाँ युआन १ को खरिददर २० रुपैयाँ ६२ पैसा र बिक्रीदर २० रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल १ को खरिददर ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट १ को खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, यूएई दिराम १ को खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा, मलेसियन रिंगेट १ को खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा, स्विडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर १ कको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, कुवेती दिनार १ को खरिददर ४ सय ७१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४ सय ७३ रुपैयाँ ०७ पैसा , बहराइन दिनार १ को खरिददर ३ सय ८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ५० पैसा , ओमनी रियाल १ को खरिददर ३ सय ७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ५२ पैसा तोकेको छ। यस्तै भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।