शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पाल्पा सिमेन्टकाे आईपीओमा आजबाट आवेदन दिन सकिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २५ २०८२
पाल्पा सिमेन्टकाे आईपीओमा आजबाट आवेदन दिन सकिने

कम्पनीले आफ्नो ३ अर्ब ७५ करोड रुपैयाँ जारी पुँजीको २० प्रतिशतले हुन आउने ७५ लाख कित्ता सेयरमध्ये पहिलो चरणमा स्थानीयलाई १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई ५ लाख ६२ हजार ५०० कित्ता सेयर निष्कासन गरेको हो।

काठमाडाैं- पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आईपीओ निष्कासन तथा बिक्रि खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो।

कम्पनीले आफ्नो ३ अर्ब ७५ करोड रुपैयाँ जारी पुँजीको २० प्रतिशतले हुन आउने ७५ लाख कित्ता सेयरमध्ये पहिलो चरणमा स्थानीयलाई १८ लाख ७५ हजार कित्ता र सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेकाे हाे।

वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी र खानी क्षेत्र पाल्पाका स्थानीय बासिन्दाले यो आईपीओमा आवेदन दिन पाउनेछन्।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयका लागि निष्कासन बन्द छिटोमा माघ ९ गतेसम्म र ढिलोमा माघ २५ गतेसम्म तोकिएको छ भने  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन बन्द छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गते हुनेछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस रेटिङ प्रदान गरेको छ। जसले लगानीमा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

कम्पनीको दैनिक उत्पादन क्षमता १ हजार ८०० मेट्रिक टन क्लिंकर र २ हजार २०० मेट्रिक टन सिमेन्ट रहेको छ। यो निष्कासनको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले नबिल, प्रभु र सिद्धार्थ बैंकका तोकिएका शाखाबाट र वैदेशिक रोजगारीमा रहेका नेपालीले सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।


प्रकाशित : शुक्रबार, पुस २५ २०८२१०:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend