काठमाडौं-साताको अन्तिम कारोबार दिन आज बिहीबार आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय २८ कम्पनीको १ करोड ४ लाख ३१ हजार ७ सय ६० कित्ता सेयर खरिद-बिक्री हुँदा ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव २० प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव २५ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव २३ प्रतिशतले बढेको छ।
आजको कारोबारमा सान्भी इर्नजी सेयर सबैभन्दा धेरै ८.१६ प्रतिशतले बढेको छ। एसवाई प्यानल नेपालको सेयर ५.७१ प्रतिशतले बढेको छ ।सुपर मादी हाइड्रोपावरको सेयरमूल्य साढे ३.९० प्रतिशतभन्दा बढी घटेको छ।
आजको कारोकारमा सबैभन्दा धेरै एसवाई प्यानल नेपालको २० करोड ६३ भन्दा धेरै सेयर खरिद बिक्रि भएको छ । बन्दीपुर केवलकारको १७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो।