शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

झापाको बाहुनडाँगीमा अन्तर्राष्ट्रिय तरुल महोत्सव आयोजना हुने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २४ २०८२
झापाको बाहुनडाँगीमा अन्तर्राष्ट्रिय तरुल महोत्सव आयोजना हुने

झापा- मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बजारमा माघे संक्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तर्राष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ।

सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहेका मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए। उनका अनुसार हात्ती प्रभावित क्षेत्रका रूपमा परिचित बाहुनडाँगीमा चौथोपटक तरुल महोत्सव सञ्चालन हुन लागेको हो। 

महोत्सवमा प्रदर्शन गरिने तरुलजन्य १८ प्रकारका रैथाने खानेकुरा आकर्षण रहने आयोजकले जनाएको छ। यूएनडीपी, इसिमोड, डब्ल्यूडब्ल्यूएफ, प्रकृति संरक्षण कोषलगायत गैरसरकारी संस्थाको सहयोगमा कोशी प्रदेश सरकार र पर्यटन कार्यालय काँकडभिट्टाको सहभागितामा महोत्सव आयेजना हुने वडाध्यक्ष कार्कीले जानकारी दिए। 

परम्परागत रूपमा उपभोग हुँदै आएका रैथाने खाना स्वस्थवर्द्धक र पोषिलो हुने अध्ययनले देखाएका छन्। यसको महत्त्व दर्शाउन र पर्यटकीय चहलपहल बढाउन महोत्सव प्रभावकारी हुने अपेक्षा गरिएको आयोजक समितिका सचिव नीरज घिमिरेले बताए। 

महोत्सव ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ। महोत्सवमा लोककलाकार डेजी बराइली र कमलिकान्त भेटवालको सांगीतिक प्रस्तुति रहने जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , पुस २४ २०८२१४:१४
  • सम्बन्धित विषय:

  • # तरुल
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend