शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

रूपा गाउँपालिकामा १ लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २४ २०८२
रूपा गाउँपालिकामा १ लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

पालिकाले लसुनका लागि प्रतिरोपनी १० हजार र प्याजका लागि प्रतिरोपनी ८ हजार रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको उनले जानकारी दिए। पालिकाले अदुवाखेतीमा समेत जोड दिँदै किसानलाई अदुवाको बीउ अनुदानमा उपलब्ध गराएको छ।

कास्की- कास्कीको रूपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ। पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ।

अघिल्लो वर्ष लसुन र प्याजखेतीको नमूना परीक्षण गरेको पालिकाले यस वर्ष किसानलाई अनुदान सहयोग गरी यसतर्फ आकर्षण गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए। उनका अनुसार गाउँपालिकाका सातवटै वडाको करिब ४०० रोपनी क्षेत्रफलमा लसुन र प्याजको खेती भइरहेको छ।

गाउँपालिकाका स्यास्त्री, दर्गामटार, पोल्याङटार, तागेडाँडा, खाल्टे, देउराली, देउराली फेदी, चिसापानी, खोलाको छेउ लगायतका स्थानमा लसुन र प्याजको व्यावसायिक खेती गरिएको अध्यक्ष ओझाले जानकारी दिए।

पालिकाले लसुनका लागि प्रतिरोपनी १० हजार र प्याजका लागि प्रतिरोपनी ८ हजार रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको उनले जानकारी दिए। पालिकाले अदुवाखेतीमा समेत जोड दिँदै किसानलाई अदुवाको बीउ अनुदानमा उपलब्ध गराएको छ।

पालिकाभित्र करिब २५० रोपनीमा अदुवाखेती भइरहेको बताउँदै यस यस वर्ष ८० हजार किलो उत्पादन हुने अनुमान गरिएको अध्यक्ष ओझाले जानकारी दिए। 'पालिकाका विभिन्न स्थानमा लगाइएको अदुवा राम्रो फलेको छ,' उनले भने, 'एक किलो बीउ लगाइएको ठाउँमा एक डोकोसम्म फलेको किसानहरूले बताएका छन्।'

व्यावसायिक कृषिमा युवाहरूको आकर्षण बढिरहेको बताउँदै अध्यक्ष ओझाले पालिकाले स्वरोजगार अभिवृद्धिमा जोड दिएको उल्लेख गरे। उनले यहाँका एक सयभन्दा बढी युवा व्यावसायिक कृषिमा लागेका बताए। रासस


प्रकाशित : बिहीबार , पुस २४ २०८२१२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend