शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सालपा विकास बैंकको आईपीओ पुस २५ गते बाँडफाँट हुने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २४ २०८२
सालपा विकास बैंकको आईपीओ पुस २५ गते बाँडफाँट हुने

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको थियो।

काठमाडाैं- सालपा विकास बैंकको आईपीओ पुस २५ गते शुक्रवार बाँडफाँट हुने भएको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको थियो।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुसार कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो मागभन्दा १९.३७ गुणा बढी आवेदन हो।

धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँट  १ लाख ४३ हजार ९१७ जनाले मात्रै १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात भने खाली हुनेछ। बैंककाे बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।

 


प्रकाशित : बिहीबार , पुस २४ २०८२१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend