शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विजय लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २४ २०८२
विजय लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कम्पनीले पुस २१ गतेदेखि एफपीओ निष्कासन तथा बिक्री खुला गरेको हो।

काठमाडौं- विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ।

कम्पनीले पुस २१ गतेदेखि एफपीओ निष्कासन तथा बिक्री खुला गरेको हो।

लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण सेयरहरु निष्कासन तथा बिक्री खुला गरेको थियो।

संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्कासन गरेको हो। 

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।


प्रकाशित : बिहीबार , पुस २४ २०८२१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend