शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हुन्डाईको ल्यायो ‘बेस्ट बाइ’ योजना

शुक्रबार, फागुन २७ २०७८
हुन्डाईको ल्यायो ‘बेस्ट बाइ’ योजना

हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ।

काठमाडौं- नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई बेस्ट बाइ’ योजना ल्याएको छ।

यो योजना नेपाल अधिराज्यभर लागु हुने छ। यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुविधाहरु प्राप्त गर्ने अवसर पाँउने छन्।

यो योजना मार्फत ग्राहकले ५० हजार रुपैयाँ सम्मको बेस्ट बाइ बोनस, एक वर्षको निःशुल्क बृहत बीमा तथा सडक कर, ३० हजारसम्मको एक्सचेन्ज बोनस, ४ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्पट एक्सचेन्ज र भ्यालुएशन पनि पाउन सक्नेछन्। हरेक हुन्डाई गाडीमा ६ वर्षको निःशुल्क सेवा र ३ वर्षको वारेन्टी रहेको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना ग्राहकहरूलाई विभिन्न उपहार र फाइदाहरू प्रदान गर्न सधैं नयाँ र नवीन योजनाहरू ल्याउदै आएको छ र नयाँ बेस्ट बाइ योजनाले ग्राहकहरूलार्ई आकर्षित गर्ने छ। यो योजना २०७८ चैत १९ सम्म लागु हुने छ।


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend