शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २४ २०८२
होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो।

काठमाडाैं-होटल फरेष्ट इन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो। 

होटल फरेष्ट इनले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। 

जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्नेछ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम् २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सि-आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखिन्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। 


प्रकाशित : बिहीबार , पुस २४ २०८२१०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend