काठमाडौं- साताको चौथो कारोबार दिन आज बुधबार नेप्से परिसूचक १३.५३ अंकले घटेर २६३५.९४ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय २३ कम्पनीको १ करोड ६ लाख ३३ हजार ७ सय १७ कित्ता सेयर खरिद-बिक्री हुँदा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार ९ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ४८ प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव ४९ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ४७ प्रतिशतले घटेको छ।
आजको कारोबारमा नारायणी डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरै ६.०८ प्रतिशतले बढेको छ।
एसवाई प्यानल नेपालको सेयर ८.४५ प्रतिशतले घटेको छ। जीवन विकास लघुवित्तको सेयरमूल्य ६.५९ प्रतिशत घटेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ५ प्रतिशत घटेको छ।
आजको कारोकारमा सबैभन्दा धेरै एसवाई प्यानल नेपालको २६ करोड ९४ भन्दा धेरै सेयर खरिद बिक्रि भएको छ। श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको साढे २३ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४२ प्रतिशत घटेको छ।