शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सूर्यकुण्ड हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २३ २०८२
सूर्यकुण्ड हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि पुस ९ गतेदेखि आईपीओ निष्कासन गरेको थियो।

काठमाडाैं- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज पुस २३ गते अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि पुस ९ गतेदेखि आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको थियो। 

कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो। 

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


प्रकाशित : बुधबार, पुस २३ २०८२११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend