शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यी सुविधासहित ७ दिने ‘सुजुकी नारायणी भेहिकल एक्सचेन्ज अफर’

शुक्रबार, फागुन २७ २०७८
यी सुविधासहित ७ दिने ‘सुजुकी नारायणी भेहिकल एक्सचेन्ज अफर’

काठमाडौं- बालकुमारीस्थित सुजुकीको आधिकारिक डिलरमा ७ दिने एक्सचेन्ज अफर शुक्रबारबाट सुरु भएको छ। सुजुकी डिलर नारायणी अटो बिजनेसले फागुन २७ देखि सुरु गरेको अफर चैत ४ गतेसम्म चल्ने छ। 

यो अफरमा ग्राहकले जुनसुकै ब्रान्डका गाडी ल्याएर पनि सुजुकीका नयाँ कार लैजान पाइने छ। सुजुकीका कार एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस, नगद छुट तथा इन्सुसेन्सलगायत सुविधा उपलब्ध हुनेछ। पुराना सवारी एक्सचेन्ज गर्दा ७० हजार एक्सचेन्ज वाेनस पाउने छन्। त्यस्तै सुजुकीका नयाँ कारको खरिदमा थप ३० हजार नगद छुट पाइने नारायणी अटो बिजनेसले जनाएको छ। 

नारायणी अटो बिजनेसले सुजुकीका सेलेरियो, ब्रेजा, अल्टो, स्वीफ्टलगायत सबै मोडल तथा रेन्जका कार बिक्री गर्दै आएको छ। नारायणी अटो बिजनेसले सुजुकीको थ्रीएस सोरुम सञ्चालन गर्दै आएको छ। नारायणी अटो विगत १२ वर्षदेखि अटोमोबाइल क्षेत्रमा सेवा उपलब्ध गाउँदै आएको छ।


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०९:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend