शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बेँसीसहर-चामे सडकको कल्भर्ट निर्माण गरिँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २७ २०७८
बेँसीसहर-चामे सडकको कल्भर्ट निर्माण गरिँदै

मनाङ- लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडकको निर्माण कार्य तीव्ररुपमा भइरहेको छ। डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका अनुसार सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही फागुन २० देखि आगामी चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको छ।

जिल्लाको नासोँ गाउँपालिका-९ स्थित तिमाङ छहराको दुई ठाउँमा कल्भर्ट निर्माण तीव्ररुपमा भइरहेको हो। गत असारमा आएको बाढीले काठेपुल बगाएपछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकामा गत कात्तिकमा आएको बाढी र पहिराले फेरी काठेपुल बगाएको थियो।

उक्त काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।

सोमबार प्रमुख जिल्ला अधिकारी र जिल्लाको सुरक्षा निकायद्वारा सडक निर्माण कार्यको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा विद्युतीकरणका लागि चामे दानाक्यु क्षेत्रमा भइरहेको पोल गाड्ने र तार तान्नाका साथै  तिमाङ खोलाको झरनामा भइरहेको कल्र्भट निर्माणको निरीक्षण गरिएको उहाँले जानकारी दिए।

कल्भर्टको काम सन्तोषजनक भएको र धारापानी चौकीबाट दैनिक सुरक्षा  र समन्वय तथा नियमित रिपोर्टिङ गर्नेसमेतको प्रबन्ध मिलाएको बताइएको थियो। 

जोखियुक्त अवस्थाका दुईवटा रुख पनि हटाइयो  

बेँसीसहर चामे सडकखण्डअन्तर्गत हिमाली मनाङमा जोखिमयुक्त अवस्थामा रहेको दुईवटा रुख हटाइएको छ। मनाङको चामेस्थित सशस्त्र प्रहरी बल नं ३२ गुल्म र पर्वतीय उद्घार शिक्षालय तालिम केन्द्रबाट उपकरणसहित खटिएको टोलीले जोखिमयुक्त अवस्थामा रहेको दुवै रूख काटी हटाएको प्रजिअ आचार्यले बताए। 

उनले भने, 'जिल्लाको नासोँ र चामे गाउँपालिकाको सिमानामा पर्ने तिमाङ खोला झरनाको पहराअन्तर्गत सडकमाथि दुइटा रुख सुकेर जोखिमयुक्त अवस्थामा लामो समयदेखि लडेर बसेको थियो। ती रुखले कुनै पनि बेला पैदल यात्री तथा सवारीसाधनमा क्षति पुर्‍याउने सम्भावना हटाइएको हो।' रासस


प्रकाशित : शुक्रबार, फागुन २७ २०७८०९:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend