काठमाडौं- साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय ३४ कम्पनीको १ करोड ४७ लाख १ हजार कित्ता सेयर खरिद-बिक्री हुँदा ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार २ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो दिन ६ अर्ब ४७ करोडको कारोबार भएकोमा आज ७ अर्ब १२ करोडको भएको छ। यो रकम एक महिनायताकै उच्च हो। कुल १४८ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो भने ८ को स्थिर रह्यो ।
आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ५० प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव ३९ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ५१ प्रतिशतले बढेको छ।
आजको कारोबारमा जीवन विकाश लद्युवित्तको सेयर ९.९७ प्रतिशत र थ्री स्टार हाईड्रोपावरको ९.५४ प्रतिशतले बढेको छ। रु रु जलविद्युत आयोजनाको सेयर सबैभन्दा धेरै ८.४१ प्रतिशतले घटेको छ।
आजको कारोकारमा सबैभन्दा धेरै एसवाई प्यानल नेपालको २४ करोड ८८ भन्दा धेरै सेयर खरिद बिक्रि भएको छ। बुटवल पावर कम्पनीको २३ करोड ६७ लाख र शिभम् सिमेन्टको २३ करोड ४७ लाख भन्दा धेरै सेयर खरिद बिक्रि भएको छ।
आज १३ उपसमुहको परिसुचक बाहेक सबै परिसुचक बढेको छ। आजको कारोबारमा वित्त समूहको परिसूचक सबैभन्दा धेरै २.७० प्रतिशतले बढेको छ।