काठमाडाैं- राधी विद्युत् कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगन भएको छ।
आर्थिक वर्ष २०८१/८२ साधारण सभा आज पुस २२ गते का लागि तय गरिएको सभा गणपूरक संख्या नपुगेका कारण स्थगन भएको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै सभा स्थगन भएको जानकारी गराएको छ।
कम्पनी ऐन २०६३ तथा कम्पनीको नियमावली बमोजिम सभा सञ्चालनका लागि आवश्यक पर्ने सेयरधनीहरूको उपस्थिति (गणपूरक संख्या) नपुगेकाले सभाको कामकारबाही अगाडि बढाउन नसकिएको कम्पनीले जनाएको छ।
कम्पनीले पुस २२ गतेका लागि साधारण सभा बोलाएको थियो। अब अर्को सभा कहिले बस्ने भन्नेबारे कम्पनीले पुनः सूचना प्रकाशित गरी जानकारी दिनेछ।