शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुजुकीले २०२५ सम्ममा ९ वटाभन्दा बढी एसयूभी बजारमा ल्याउने, हाइब्रिड कार प्राथमिकतामा

शनिबार, फागुन २८ २०७८
सुजुकीले २०२५ सम्ममा ९ वटाभन्दा बढी एसयूभी बजारमा ल्याउने, हाइब्रिड कार प्राथमिकतामा

योसँगै सुजुकीले हाइब्रिड कार उत्पादनलाई प्राथमिकता दिने भएको छ।

काठमाडौं- जापानी सवारी उत्पादक कम्पनी सुजुकी मोटर कर्पोरेसनले जापान, युरोप तथा भारतीय र अन्य बजारलाई लक्षित गर्दै नयाँ एसयूभी बजारमा ल्याउने भएको छ। कम्पनीले २०२५ सम्ममा यी बजारका उपभोक्ताले रुचाउने ९ वटाभन्दा बढी नयाँ एसयूभी ल्याउने बताएको छ। 

सुजुकी मोटरको भारत, युरोप र जापान प्राथमिक बजारमा पर्छ। त्यसैले कम्पनी यी बजारलाई उपयुक्त हुने सवारी डिजाइन गरेर ल्याउन लागेको हो।

सुजुकीले युरोमा बनाउने कार युरोली बजारसहित दक्षिण अमेरिका तथा एसियाका केही देशमा निर्णय हुँदै आएको छ। त्यस्तै भारतमा बनेका सुजुकीका कार भारत, नेपालसहित दक्षिण एसियाली मुलुक, अफ्रिका र ल्याटिन अमेरिकामा निर्यात हुँदै आएको छ। 

योसँगै सुजुकीले हाइब्रिड कार उत्पादनलाई प्राथमिकता दिने भएको छ। सुजुकीले नयाँ जेनेरेसनको एस-क्रस र हाइब्रिड भर्सनको भिटारा एसयूभी समेत ल्याउने भएको छ। २०२२ को अन्त्यसम्ममा सुजुकीले एस-क्रसको पनि हाइब्रिड भर्सन ल्याउने बताएको छ। 

२०२२ मा सुजुकीले अल न्यू स्वीफ्ट र ब्रेजा ल्याउने भएको छ। त्यस्तै निर्यातका लागि यी कार २०२३ मा तयार हुने कम्पनीले जनाएको छ। २०२३ मा सुजुकीले युरोपलाई लक्षित गरि ए-सेगमेन्ट क्रसओभर ल्याउने छ। त्यस्तै अन्य केही नयाँ तथा हाइब्रिड कार युरोप तथा जापानी बजारमा सार्वजनिक हुनेछ। 

त्यस्तै सुजुकीले भारत तथा दक्षिण एसियाली बजारलाई लक्षित गरेर हाइब्रिड कार सार्वजनिक गर्दै जाने बताएको छ। 


प्रकाशित : शनिबार, फागुन २८ २०७८०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend