शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक २८ अंकले बढ्यो, ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २१ २०८२
नेप्से परिसूचक २८ अंकले बढ्यो, ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार

आज ३ सय ३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार १ सय ५१ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँबराबरको कारोबार भएको छ।

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज सोमबार आज नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ बिन्दुमा पुगेको छ।

आज ३ सय ३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार १ सय ५१ कित्ता सेयर खरिद-बिक्री हुँदा ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ८२ प्रतिशत, फ्लोट इण्डेक्स १ दशमलव १२ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ९७ प्रतिशतले बढेको छ।

आज सागर डिस्टिलरी लिमिटेड,एसवाई प्यानल नेपाल,श्रीनगर एग्रिटेक इन्डष्ट्रिज,बन्दीपुर केवलकार र रुरु जलविद्युत आयोजनाको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। बाराही हाइड्रपावर र दरमखोला हाइड्रोको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ। 

सप्तकोशी विकास बैंकको २.४९, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २.२३ प्रतिशत मूल्य घटेकाे छ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको करिब ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। बन्दीपुर  केवलकारको २० करोड र एसवाई प्यानल नेपालको १७ करोड भन्दा धेरै सेयर खरिद-बिक्री भएको छ। 

आज १३ उपसमूहको सबै परूसुचक बढेको छ। आज उत्पादन तथा प्रशोधन समूहमा आकर्षण देखिएको छ। सो समूह सबैभन्दा धेरै ३.०५ प्रतिशत बढेकाे छ।  बैंकिङ ०.६५, विकास बैंक २.७०, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा ०.४२, अन्य ०.७८ तथा व्यापार ०.२२ प्रतिशत बढेका छन्।

 


प्रकाशित : सोमबार, पुस २१ २०८२१५:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend