शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

दोर्दी खोला जलविद्युतको साधारण सभा स्थगित

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २१ २०८२
दोर्दी खोला जलविद्युतको साधारण सभा स्थगित

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को समीक्षाका लागि पुस २१ गते सोमबारका लागि तय गरेको वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो।

लमजुङ- लमजुङमा १२ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को समीक्षाका लागि पुस २१ गते सोमबारका लागि तय गरेको वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो। 

कम्पनीले नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै सभा स्थगित भएको औपचारिक जानकारी गराएको हो। 

कम्पनी ऐन २०६३ र कम्पनीको नियमावली अनुसार सभा सञ्चालन गर्न आवश्यक सेयरधनीहरूको उपस्थिति नभएपछि सभाको काम कारबाही अघि बढ्न सकेन। 

साधारण सभाका लागि पुस २१ गते बिहानको समय तोकिएको भए पनि गणपूरक सङ्ख्या नपुगेपछि सञ्चालक समितिले सभा स्थगित गर्ने निर्णय गरेको हो। अब कम्पनीले पुनःसूचना प्रकाशित गरी दोस्रो पटक सभा आह्वान गर्नेछ। जसमा गणपूरक संख्याको प्रावधान केही खुकुलो हुने कानुनी व्यवस्था छ।


प्रकाशित : सोमबार, पुस २१ २०८२१३:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend