शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

माछापालक किसान समस्यामा, अत्यधिक चिसोले पोखरीमै मर्न थाले माछा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २१ २०८२
माछापालक किसान समस्यामा, अत्यधिक चिसोले पोखरीमै मर्न थाले माछा

पाल्हीनन्दन- अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा माछा मर्न थालेका छन्। 

पाल्हीनन्दन गाउँपालिका-४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताए। उनले १० वर्षदेखि ६ बिघामा व्यावसायिक माछापालन गर्दै आएका छन्।

उनका अनुसार लामो समयसम्म शीतलहरका कारण माछापोखरीको तापक्रम घटेपछि माछा मर्न थालेका हुन्। चिसो कारण माछाले दाना पनि खान छोडेको उनको भनाइ छ।

प्रतापपुर गाउँपालिका-२ का भवानी शंकर यादवले पनि १६ बिघामा व्यावसायिक रूपमा माछापालन गर्दै आउएका छन्। अत्यधिक चिसोका कारण २० क्विन्टल बैखी माछा मरेको उनले बताए। रासस


प्रकाशित : सोमबार, पुस २१ २०८२१३:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend