शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

विजय लघुवित्तको एफपीओमा आजबाट आवेदन दिन सकिने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २१ २०८२
विजय लघुवित्तको एफपीओमा आजबाट आवेदन दिन सकिने

साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा गाभिएपछि संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७४.३९ : २५.६१ कायम भएको थियो।

काठमाडाैं- विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ। 

साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा गाभिएपछि संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७४.३९: २५.६१ कायम भएको थियो। 

सोही स्वामित्वलाई बैंक तथा वित्तीय संस्थाको मापदण्ड अनुसार ७०:३० को अनुपातमा मिलाउन संस्थाले कुल ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गरेको हो।

निष्कासनमा इच्छुक लगानीकर्ताले प्रतिसेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको यो निष्कासन छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गते बन्द हुने तालिका रहेको छ। 

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

संस्थाको यस एफपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ बी प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। 

हाल ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले लिएको छ।


प्रकाशित : सोमबार, पुस २१ २०८२१०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend