शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्से परिसूचक १० अंकले घट्यो, कारोबार रकम बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २० २०८२
नेप्से परिसूचक १० अंकले घट्यो, कारोबार रकम बढ्यो

आजको कारोबारमा ३ सय २३ कम्पनीको १ करोड २ लाख ७४ हजार १ सय २६ कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं–साताको पहिलो कारोबार दिन आज आइतबार आज नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा ३ सय २३ कम्पनीको १ करोड २ लाख ७४ हजार १ सय २६ कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ७० प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव ३५ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ४५ प्रतिशतले घटेको छ।

आजको कारोबारमा विन नेपाल लघुवित्तको र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। सान्भि इनर्जीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने सागर डिष्लिटरी र युनाइटेड ईदी मार्दी आरबि हाइड्रोपावरको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। न्यादी हाईड्रोपावरको सेयर  सर्वाधिक ४ प्रतिशत घटेको छ।

आजको कारोबारमा सबैभन्दा धेरै एसवाई प्यानल नेपालको ३० करोड ६५ लाख भन्दा धेरै सेयर खरिद बिक्रि भएको छ। श्रीनगर एग्रिटेक इन्डस्ट्रिजका करिब २२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

आज १३ उपसमुहको मध्य ३ वटाको परिसूचक बढेकाे छ भने अन्य घटेको छ। आजको कारोबारमा अन्य समूहको परिसूचक सबैभन्दा धेरै १.६९ प्रतिशतले घटेको छ।

 


प्रकाशित : आइतबार, पुस २० २०८२१५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend