शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सालपा विकास बैंककाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २० २०८२
सालपा विकास बैंककाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।

काठमाडौं- सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ। 

बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। यसका साथै बैंकले ८६ हजार १९४ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता सेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकले आईपीओ निष्कासनबाट प्राप्त रकममध्ये ३ करोड रुपैयाँ शाखा विस्तारमा लगानी गर्ने जनाएको छ। त्यसैगरी, १२ करोड ८९ लाख रुपैयाँ लगानीका विभिन्न क्षेत्रमा र बाँकी १ करोड ३४ लाख ८८ हजार रुपैयाँ अन्य क्षेत्रमा लगानी गर्ने योजना बैंकको छ।

सालपा विकास बैंकको स्थापना २०६९ सालमा भएको हो। यो बैंकले राष्ट्र बैंकबाट सोही वर्षको असार १ गते अनुमति पाएर सेवा दिन सुरु गरेको थियो। यसको केन्द्रीय कार्यलय खोटाङको दिक्तेल बजारमा रहेको छ। बैंकले हालसम्म ६ वटा शाखाहरू दिक्तेल, ऐँसेलुखर्क, बाक्सिला, हलेसी, सिम्पानी र चिसापानी मार्फत सेवा विस्तार गरेको छ।

बैंकलाई इन्फोमेरिक्स् नेपालले बी रेटिङ् प्रदान गरेको छ। यो रेटिङले बैंकको वित्तीय दायित्व भुक्तानीमा उच्च जोखिम रहेको देखाउँछ, जसले लगानीकर्तालाई सावधानी अपनाउन संकेत गरेको छ। बैंकमा अध्यक्ष टंक राईसहित ६ जनाको लगानी रहेको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।


प्रकाशित : आइतबार, पुस २० २०८२१२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend