शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

एनआईसी एसिया बैंकले हकप्रद सेयर निष्कासन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २० २०८२
एनआईसी एसिया बैंकले हकप्रद सेयर निष्कासन गर्ने

बैंकले ५० प्रतिशत हकप्रद सयर निष्कासन गर्न राष्ट्र बैंकसँग अनुमति मागेको हो।

काठमाडाैं- एनआईसी एसिया बैंकले हाल कायम चुक्ता पुँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ ।

बैंकले ५० प्रतिशत हकप्रद सयर निष्कासन गर्न राष्ट्र बैंकसँग अनुमति मागेको हो।

पुस २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

बैंकले हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ रहेको छ। यस अनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद सेयर निष्कासन गर्ने बैंकले जनाएको छ।


प्रकाशित : आइतबार, पुस २० २०८२११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend