काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ। निर्धारित दरअनुसार अमेरिकी डलर १ को खरिददर १ सय ४४ रुपैयाँ २ पैसा र बिक्रीदर १ सय ४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
यस्तै युरोपियन युरो १ को खरिददर १ सय ६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय ६९ रुपैयाँ ४९ पैसा, यूके पाउण्ड स्टर्लिङ १ कको खरिददर १ सय ९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ९४ रुपैयाँ ३२ पैसा, स्विस फ्र्यांक १ को खरिददर १ सय ८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय ८२ रुपैयाँ २९ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर १ को खरिददर १ सय ४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ५ रुपैयाँ ३९ पैसा, सिंगापुर डलर १ को खरिददर १ सय ११ रुपैयाँ ९३ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ ४० पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा, चिनियाँ युआन १ को खरिददर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल १ को खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट १ को खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, यूएई दिराम १ को खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३८ पैसा, मलेसियन रिंगेट १ को खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ , स्विडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर १ को खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार १ को खरिददर ४ सय ६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४ सय ७० रुपैयाँ ४६ पैसा , बहराइन दिनार १ को खरिददर ३ सय ८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ६१ पैसा , ओमनी रियाल १ को खरिददर ३ सय ७४ रुपैयाँ ८ पैसा र बिक्रीदर ३ सय ७५ रुपैयाँ ६४ पैसा तोकेको छ। यस्त भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस