शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

जेनजी आन्दोलनपछि २३ अर्ब ४६ करोड रुपैयाँको बीमा दाबी, ५ अर्ब ४८ करोड भुक्तानी

शुक्रबार, पुस १८ २०८२
जेनजी आन्दोलनपछि २३ अर्ब ४६ करोड रुपैयाँको बीमा दाबी, ५ अर्ब ४८ करोड भुक्तानी

सार्वजनिक तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी गरेका छन्।

काठमाडाैं- गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्षतिमा २३ अर्ब ४६ करोड ९४ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ। 

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार पुस १६ गतेसम्ममा ३ हजार ३ सय १६ वटा बीमा दाबी परेको छ। तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी गरेका छन्। जसमध्ये सम्पत्ति बीमाअन्तर्गत ७ सय ७२ वटा बीमा दाबी संख्या रहेको छ। जसमा १९ अर्ब ५ करोड ३० लाख बराबरको दाबी रकम रहेकोमा ३ अर्ब ९३ करोड ५९ लाखबराबरको रकम भुक्तानी भएको छ।

मोटर बीमातर्फ ३ अर्ब ४६ करोड १६ लाखको दाबी परेकोमा १ अर्ब ३९ करोड २५ लाख बराबरको भुक्तानी भएको छ।

त्यसैगरि इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ ८ करोड ३६ लाख बराबरको बीमा दाबी भुक्तानी भएको छ। परिवहन बीमाको १ करोड ४२ लाख र अन्य बीमातर्फ ५ करोड ६१ लाखको बीमा दाबी भुक्तानी भएको छ।

beema pradhikaran88.PNG

इन्स्योरन्स कम्पनीतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सबैभन्दा बढी पाँच अर्ब ५७ करोड ९० लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ। कम्पनीमा देशभरीबाट हालसम्म ४०९ वटा दाबी परेका छन्। जसमा कम्पनीले भुक्तानी र अग्रीम भुक्तानीसहित एक अर्ब ९१ करोड ५६ तीन लाख रुपैयाँ भुक्तानी गरेको छ।

द ओरियण्टल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ। कम्पनीमा देशभरीबाट १०१ वटा दावी बापत पाँच अर्ब ४३ करोड ५१ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ। कम्पनीले पुस १६ गतेसम्मको अवधिमा ११ करोड पाँच लाख रुपैयाँ मात्र दाबी भुक्तानी वितरण गरेको छ।

सबैभन्दा बढी बीमा दाबी पर्नेमा तेस्रो नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। हालसम्म कम्पनीमा कुल २२० वटा दावी बापत दुई अर्ब ८६ करोड ७४ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ। कम्पनीले पुस १६ गतेसम्म एक अर्ब ११ करोड ३१ लाख रुपैयाँबराबरको भुक्तानी गरिसकेको छ।

शिखर इन्स्योरेन्समा ४४९ वटा दाबीबापत कुल दुई अर्ब ३७ करोड ५० लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ। जसमा हालसम्म कम्पनीले ७३ करोड १८ लाख रुपैयाँ बराबरको भुक्तानी गरिसकेको छ।

beema pradhikaran11.PNG

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३७ करोड ३१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २८ करोड ६२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २७ करोड ७८ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्योरेन्सले १३ करोड ९४ लाख रुपैयाँ बराबरको कुल बीमा दाबी भुक्तानी गरेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार युनाइटेड अजोड इन्स्योरेन्सले आठ करोड ४० लाख रुपैया, नेपाल इन्स्योरेन्सले १८ करोड २७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २३ करोड ८० लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले एक करोड ८ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ।


प्रकाशित : शुक्रबार, पुस १८ २०८२११:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend