शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

रिलायन्स स्पिनिङ मिल्सकाे आईपीओ बाँडफाँट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १८ २०८२
रिलायन्स स्पिनिङ मिल्सकाे आईपीओ बाँडफाँट

निष्कासनमा ५ लाख ३२ हजार ८८८ जना आवेदकले २ करोड ७२ लाख १५ हजार १०० कित्ता सेयरका लागि आवेदन दिएकोमा ५ लाख १९ हजार ४६ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने बाँकी १३ हजार ८४२ आवेदन रद्द भएका छन्।

काठमाडाैं- रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँट गरेको छ।

कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेको थियो।

निष्कासनमा ५ लाख ३२ हजार ८८८ जना आवेदकले २ करोड ७२ लाख १५ हजार १०० कित्ता सेयरका लागि आवेदन दिएकोमा ५ लाख १९ हजार ४६ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने बाँकी १३ हजार ८४२ आवेदन रद्द भएका छन्।

मागभन्दा धेरै गुणा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत गरिएको बाँडफाँटमा जम्मा १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

बाँकी रहेको १८ कित्ता सेयर पनि तिनै  लगानीकर्तामध्ये १८ जनालाई थप १/१ कित्ताका दरले प्रदान गरिएको छ।

कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरेकाे थियाे।

प्रकाशित : शुक्रबार, पुस १८ २०८२१०:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend