काठमाडौं-साताको अन्तिम कारोबार दिन आज बिहीबार आज नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय ३६ कम्पनीको १ करोड १ लाख ५३ हजार २ सय २६ कित्ता सेयर खरिद-बिक्री हुँदा ४ अर्ब ७१ करोड ३९ लाख ५ हजारद ७ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ५३ प्रतिशत, फ्लोट इण्डेक्स शुन्य दशमलव ४७ र सेन्सेटिभ फ्लोट इण्डेक्स शुन्य दशमलव ५६ प्रतिशतले घटेको छ।
आजको कारोबारमा विन नेपाल लघुवित्तको सेयरमूल्य सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। एसवाई प्यानल नेपालको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
सबैभन्दा धेरै एसवाई प्यानल नेपालको २३ करोड ४१ लाख भन्दा धेरै सेयर खरिद बिक्रि भएको छ। शिवम् सिमेन्ट्सको करिब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।
आज १३ उपसमुहको अन्य समुह बाहेक सबै परिसुचक घटेको छ। आजको कारोेबारमा व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.०९ प्रतिशतले घटेको छ।