शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नेप्सेमा सूचीकृत १४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १७ २०८२
नेप्सेमा सूचीकृत १४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

यी कम्पनीहरूले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १८, १९ र २० गते बुक क्लोजको मिति तोकेकाले आजसम्म सेयर कायम गर्ने लगानीकर्ताले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन्।

काठमाडौं- नेप्सेमा सूचीकृत  विभिन्न क्षेत्रका १४ वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

यी कम्पनीहरूले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १८, १९ र २० गते बुक क्लोजको मिति तोकेकाले आजसम्म सेयर कायम गर्ने लगानीकर्ताले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन्।

१४ वटा कम्पनीहरूमा लघुवित्त क्षेत्र,जलविद्युत क्षेत्र,बीमा र अन्य क्षेत्रका कम्पनीहरु रहेका छन्।

लघुवित्त क्षेत्र 

समता घरेलु लघुवित्त र मेरो माइक्रोफाइनान्सले पनि पुस ३० गते साधारणसभा बोलाएका छन्, जहाँ समताले ५ प्रतिशत बोनस र ०‍‍.२६३२ प्रतिशत नगद तथा मेरो माइक्रोफाइनान्सले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।

स्वरोजगार लघुवित्तले सबैभन्दा धेरै १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। संस्थाको साधारणसभा माघ ३ गते हुने तय छ। 

ग्लोबल आईएमई लघुवित्तले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। हिमालयन लघुवित्तले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ.

जलविद्युत क्षेत्र 

अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयरसहित ०.२६३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने यसको साधारणसभा पुस ३० गते बस्नेछ।

अपि पावर कम्पनीले ५ प्रतिशत बोनस सेयरसहित ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ। युनाइटेड इदीमार्दी एण्ड आरवि हाइड्रोपावरले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश दिने भएका छन्।कालिका पावर कम्पनीले ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

बीमा र अन्य क्षेत्र 

बीमा क्षेत्रतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १३ प्रतिशत नगद लाभांश वितरण गर्दैछन्। साथै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ६.४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

नेपाल टेलिकमले यस पटक ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ, जुन यो सूचीकै सबैभन्दा धेरै नगद लाभांश हो।

यी कम्पनीहरूको लाभांश हात पार्न इच्छुक लगानीकर्ताले आजैको कारोबार समयभित्र सेयर खरिद गरिसक्नुपर्नेछ।


प्रकाशित : बिहीबार , पुस १७ २०८२११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend