शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पाल्पा सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १७ २०८२
पाल्पा सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्कासन गर्ने

कम्पनीले आफ्नो ३ अर्ब ७५ करोड रुपैयाँ जारी पुँजीको २० प्रतिशतले हुन आउने ७५ लाख कित्ता सेयरमध्ये पहिलो चरणमा स्थानीयलाई १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई ५ लाख ६२ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो।

काठमाडौं - पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आगामी पुस २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आफ्नो ३ अर्ब ७५ करोड रुपैयाँ जारी पुँजीको २० प्रतिशतले हुन आउने ७५ लाख कित्ता सेयरमध्ये पहिलो चरणमा स्थानीयलाई १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई ५ लाख ६२ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो। 

पश्चिम नवलपरासी र खानी क्षेत्र पाल्पाका स्थानीय बासिन्दाले यो आईपीओमा आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

स्थानीयका लागि आवेदन दिने म्याद छिटोमा माघ ९ गतेसम्म र ढिलोमा माघ २५ गतेसम्म तोकिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ३० गतेदेखि माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस रेटिङ प्रदान गरेको छ। जसले लगानीमा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

कम्पनीको दैनिक उत्पादन क्षमता १ हजार ८०० मेट्रिक टन क्लिंकर र २ हजार २०० मेट्रिक टन सिमेन्ट रहेको छ। यो निष्कासनको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले नबिल, प्रभु र सिद्धार्थ बैंकका तोकिएका शाखाबाट र वैदेशिक रोजगारीमा रहेका नेपालीले सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।


प्रकाशित : बिहीबार , पुस १७ २०८२१०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend