काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स प्रवर्द्धक रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना इकाइहरू सर्वसाधारणमा बिक्री गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डबाट पुस १३ गते अनुमति पाएको यस योजनाले १० रुपैयाँ अंकित मूल्यका १६ करोड इकाइ निष्कासन गर्ने भएको हो।
कुल रकम १ अर्ब ६० करोड रुपैयाँ बराबरको १० वर्ष अवधिको योजनालाई इक्रा नेपालले ‘इक्राएनपी-आईआर एए माइनस’ रेटिङ दिएको छ।
यस फन्डमार्फत संकलित रकम सेयर बजार, सरकारी ऋणपत्र, ट्रेजरी बिल र बैंक निक्षेप जस्ता क्षेत्रमा लगानी गरिनेछ।
नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको यस कोषको इकाइ बिक्री प्रक्रिया छिट्टै सुरु हुने जानकारी दिइएको छ।