शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

४ लघुवित्त कम्पनीको बोनस सेयरपछिको मूल्य समायोजन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १४ २०८२
४ लघुवित्त कम्पनीको  बोनस सेयरपछिको मूल्य समायोजन

मूल्य समायोजन भएका कम्पनीहरुमा डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त छिमेक लघुवित्त,मिथिला लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ४ वटा लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । 

मूल्य समायोजन भएका कम्पनीहरुमा डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त,मिथिला लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो।

मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १३२५.९५ रुपैयाँ  कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १५१४.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको छ।

त्यसैगरि सपोर्ट लघुवित्तको ९.५० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १७२२.३७ रुपैयाँ  कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १८८६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। 

डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ८०० रुपैयाँ  कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ८८० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको छ। 

छिमेक लघुवित्तको १२.५० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ९२८.८० रुपैयाँ  कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १०४४.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। .

 


प्रकाशित : सोमबार, पुस १४ २०८२१६:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend